|

काठमाडौं : अमेरिकाले ५५ हजार ६ सय अफगानी शरणार्थीलाई स्थायी रुपमा पुनर्वासको व्यवस्था गर्ने भएको छ। 

राष्ट्रपति जो बाइडेन प्रशासनले सन् १९८० पछि अमेरिकाले गर्न लागेको यो सबैभन्दा ठूलो पुनर्वास योजना रहेको दाबी गरेको छ। हाल अफगानी शरणार्थीहरू अमेरिकी सैन्य बेसमा बसिरहेका छन्। 

अमेरिकी सेनालाई सहयोग गर्ने अफगानीहरुलाई अमेरिकाले स्थायी पुनर्वासको व्यवस्था गर्न लागेको हो। अफगानिस्तानमा अमेरिकी सेनाका लागि काम गरेका कारण त्यहाँ खतरा रहेका अफगानीलाई अमेरिकाले आफ्नो सेना फिर्ता लिँदासँगै अमेरिका लगेको थियो। 

यस्ता शरणार्थीलाई नयाँ घरसँगै अमेरिकाले वित्तिय सहयोग पनि गर्नेछ। उनीहरुलाई कम्तीमा ९० दिनको खर्चको व्यवस्था गर्ने र रुचि तथा योग्यताअनुसार व्यवसाय तथा रोजगारीका लागि सहयोग गर्ने बाइडेन प्रशासनको तयारी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.