|

कञ्चनपुर : बेलौरी नगरपालिकाको बेलौरी बजारमा रहेको एक शो रुमबाट मोटरसाइल चोरी गरेको आरोपमा प्रहरीले दुई जना पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक कमलकुमार खड्का अनुसार पक्राउ आइतबार राति शुक्लाफाँटा नगरपालिका-११ का २० वर्षीय विवेक बम र शुक्लाफाँटा-१ का २१ वर्षीय पारस विष्टलाई नियन्त्रणमा लिइएको छ।

उनीहरूले चोरी गरिएको भनिएको मोटरसाइकल परालको थुप्रोमा लुकाइराखेको अवस्थमा बरामद गरिएको छ। यसका साथै चोरी गर्नमा प्रयोग गरिएको एक थान मोटरसाइकल र एक थान स्कुटी समेत प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा मोटरसाइकल चोरीमा पाँच जना संलग्न रहेको बताएको छ। उनीहरुले शनिवार राति शो रुममा जोडिएको सिसिटिभी क्यामेराको तार काटेर १५० सिसीको एक र २०० सिसीको एउटा बजाज कम्पनीका मोटरसाइकल चोरी गरेको प्रहरीले बताएको छ। चोरीमा संलग्न अन्यको खोजी भैरहेको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.