|

बुटवल : लुम्बिनी प्रदेशसभाको बैठक स्थगित गरिएको छ। आज सोमबारका लागि आह्‍वान गरिएको बैठकमा प्रमुख प्रतिपक्ष दल एमालेले वडा स्थानीय तहको अधिवेशनका कारणले सहभागी नहुने  प्रदेशसभालाई जानकारी गराएपछि बैठक स्थगित गरिएको हो।

सभामुख पुर्णबहादुर घर्तीले एमालेको लिखित अनुरोध गरेकाले आज सोमबारका लागि बोलाइएको बैठक स्थगित गरिएको जानकारी दिए। प्रमुख प्रतिपक्ष बैठकमा सहभागिता जनाए पनि सूर्य चिन्हबाट चुनाव लडेका तर हाल सरकारमा सहभागी भएका प्रदेशका दुई सांसदलाई पदमुक्तको माग गर्दै लगातार बैठक अवरुद्ध गर्दै आएको  छ। अर्को बैठक यही कात्तिक ११ गते बिहीबारका दिन बोलाएको प्रदेशसभा सचिवालयले जनाएको छ।

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.