|

काठमाडौं : उपत्यकामा घर फोडेर सुन चाँदीका गरगहना तथा सहकारीबाट नगद चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

दिउँसो घरमा कोही नभएको बेलामा ताला फोडेर रुपैयाँ, सुनचाँदीका गरगहना चोरी गर्ने तथा रातिको समयमा सहकारीमा नगद चोरी गरेको आरोपमा महानगरीय अपराध महाशाखाको टोलीले तीन जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा रामेछाप दोरम्बा गाउँपालिका–४ का ३१ वर्षीय कमल थापा मगर, सोही गाउँपालिकाकै धनबहादुर थापा मगर र पाँचथर फाल्गुनन्द गाउँपालिका ५ का ३९ वर्षीय हरिप्रसाद रसाइली छन्।

सुनचाँदीका गरगहना र तीन लाख ५८ हजार रुपैयाँसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। चोरीमा संलग्न यो गिरोहमाथि काठमाडौंका बिभिन्न घर तथा सहकारीमा चोरी गरेको ९ वटा मुद्दा रहेको प्रहरीले जनाएको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.