|
धनबहादुर खड्कालाई सोमबार राहत रकम वितरणपछि डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीलगायत। तस्वीर : प्रकाश पार्की

डडेल्धुरा : अविरल वर्षापछि घरमाथिको भीरबाट खसेको ढुंगा लागेर मृत्यु भएकी आलिताल गाउँपालिका–८ कि ५० वर्षीया पर्वती खड्काका परिवारलाई राहत रकम उपलब्ध गराइएको छ।

डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले सोमबार घरमै पुगेर पर्वतीका पति धनबहादुर खड्कालाई २ लाख रूपैयाँ राहत हस्तान्तरण गरेका हुन्।

संघीय सरकारको मापदण्डअनुसार जिल्ला विपद् व्यवस्थापन समिति डडेल्धुराले खड्का परिवारलाई राहत रकम उपलब्ध गराउने निर्णय गरेको थियो।

सोही अनुसार राहत रकम हस्तान्तरण गरिएको प्रजिअ जोशीले बताए।

घरनजिकै काम गरिरहेको बेला गत बिहीबार दिउँसो माथि भीरबाट एक्कासी खसेको ढुंगाले लागेर खड्का सिकिस्त भएकी थिइन्। 

उपचारका लागि धनगढी लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.