|

सल्यान : सल्यानमा तरकारी किन्न आएका व्यापारी लुटिएका छन्।

कपुरकोट गाउँपालिका-१ को कालापात्लाको जंगलमा ४/५ जनाको अपरिचित समूहले हतियार देखाएर सोमबार व्यापारीबाट नगद ३ लाख रूपैयाँ लुटेर लगेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

नेपालगञ्ज बाँकेबाट तरकारी खरिद गर्न आएका सेराज हलवाईबाट लुटेराहरूको समूहले दिनदहाडै लुटपाट गरेका हुन्। रा १ ख २३९१ नम्बरको मिनी ट्रकमा तरकारी खरिद गर्न व्यापारी हलुवाई आएका थिए।

लुटेराहरूको समूहले सोमबार बिहान करिब साढे ११ बजे गाडी रोकेर सामान्य तोडफोड गरी खुकुरी देखाएर तर्साउँदै नगद ३ लाख लुटेर लगेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी इन्स्पेक्टर अर्जुन पौडेलले बताए।

उनका अनुसार मिनी ट्रकमा व्यापारी र चालक तथा मजदुरसहित ४ जना थिए।

मुख छोपेर आएका लुटेराहरूले गाडीको साँचोसमेत खोसेर लगेका छन् भने गाडीका कागजात च्यातिदिएका छन्।

रकम लुटेर उनीहरू रोल्पातिर भागेको हलुवाईले बताए। गाडी घटनास्थलमै छ।

प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.