पार्टी कार्यालयलाई लिएर दुवै दलबीच तनाव

|
कैलालीको नेकपा एमाले पार्टी कार्यालयलाई लिएर उत्पन्न तनावपछि तैनाथ सुरक्षाकर्मी। तस्वीर : टेकसिंह धामी

नगढी : कैलालीमा नेकपा एमाले र एकीकृत समाजवादी पार्टीबीच विवाद उत्पन्न भएको छ।

जिल्लाको गौरीगंगा नगरपालिकामा रहेको पार्टी कार्यालयलाई लिएर दुवै दलबीच विवाद भएको हो।

नेकपा (एकीकृत समाजवादी) का कार्यकर्ताले एमालेको पार्टी कार्यालयमा सोमबार दिउँसो तालाबन्दी गरेपछि त्यहाँ तनाव उत्पन्न भएको प्रहरीले बताएको छ।

एमाले कैलालीका उपाध्यक्ष रणबहादुर चन्दले पार्टी कार्यालयमा एकीकृत समाजवादीका कार्यकर्ताले तालाबन्दी गरेपछि विवाद सिर्जना भएको बताए।

पार्टी कार्यालयमा दुवै पक्षले तालाबन्दी गर्न खोजेपछि तनाव भएको र अहिले त्यहाँ सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.