|

कञ्चनपुर : बेलडाँडी नगरपालिकामा चितुवा भगाउन हात्तीसहितको टोली परिचालन गरिएको छ।

चितुवाले स्थानीय बासिन्दाका गोठमै छिरेर चौपाया मारेर खान थालेपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले दुईवटा हात्तीसहित वन रक्षकको टोली परिचालन गरेको हो।

चितुवाले लगातार बाख्रा, बाच्छाबाच्छी, गाई गोरुलाई गोठबाटै लगेर खान थालेको जनगुनासो बढेपछि हात्तीसहितको टोली चितुवा भगाउन परिचालन गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पूर्जा पुन मगरले बताए।

दुई साताको अवधिमै चितुवाले स्थानीयका आधा दर्जन बढी चौपाया मारेर क्षति गरेको छ। साँझ नहुँदै बस्तीमा छिरेर चितुवाले घर पालुवा जनावर मार्न थालेपछि स्थानीय त्रसित बनेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.