|

काठमाडौं : सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा राजकुमार क्षेत्रीलाई नियुक्त गरेको छ। 

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले क्षेत्रीलाई महानिर्देशकमा नियुक्त गरेको हो।

संस्कृति,पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्को बैठकले क्षेत्रीलाई महानिर्देशक बनाएको हो। 

प्राधिकरणका तत्कालिन महानिर्देशक राजन पोखरेलले अनिवार्य अवकाश पाएपछि क्षेत्रीले निमित्त महानिर्देशकको जिम्मेवारी सम्हाल्दै आएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.