|
फाइल फोटो

काठमाडौं : न्यायाधीश समाज, नेपालले न्यायपालिकाको स्वच्छता, निष्पक्षता र विश्वसनीयता कायम राख्नुपर्ने बताएको छ।

समाजका उपाध्यक्ष बाबुराम रेग्मीले विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको विषयमा उठेको विषयलाई समाधान गर्नुपर्ने राय राखेका छन्।सार्वजनिक रुपमा उठाइएका प्रश्नहरु सत्य तथ्यमा आधारित छन् भने त्यसलाई गम्भीर र आपत्तिजनक कार्य मान्नुपर्ने बताएको छ। 

जारी विज्ञप्तिमा भनिएको छ, ‘न्यायपालिका संस्था निर्माणका लागि त्याग र समर्पण चाहिने पनि समाजले उल्लेख गरेको छ। संस्था र पद्धति निर्माणका लागि त्याग र समर्पण चाहिन्छ। क्षणिक वा दलीय वा अन्य कुनै पनि प्रकारको सुविधा वा फाइदा मात्रै हेरेर संस्था र पद्धति निर्माण हुन सक्तैन।’

समसामयिक रुपमा भएका आलोचना, सरोकार, चासो वा टीकाटिप्पणीलाई हल्का रुपमा लिएर वास्तविक समस्याको पटाक्षेप गर्न खोजियो भने त्यो मुलुकको लागि नै दुर्भाग्यपूर्ण हुने उल्लेख गरेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.