|

म्याग्दी : म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरकी एक २७ वर्षीया महिलालाई तीन जना युवाहरूले सामुहिक बलात्कार गरेको प्रहरीमा उजुरी परेको छ।

सुतिरहेको अवस्थामा गत कात्तिक २ गते राति स्थानीय तीन युवाले घरभित्र प्रवेश गरी ज्यान मार्ने धम्की दिएर बलात्कार गरेको भन्दै पीडितले प्रहरीमा बिहीबार जाहेरी दिएकी हुन्।

मदिरामा लठ्ठ भएका युवाले महिलालाई आर्थिक प्रलोभन तथा धम्की देखाएर बलात्कार गरेको जाहेरीमा उल्लेख छ। मुखमा कपडा कोचिदिएर बलात्कार गरेको महिलाले बताएकी छन्।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका डीएसपी श्यामकुमार राईले आरोपीलाई नियन्त्रणमा लिन पुलाचौर आसपासका जंगलसहित छिमेकी गाउँसम्म प्रहरी परिचालन गरिएको जानकारी दिए।

घटनामा संलग्नलाई जोगाउने प्रयास गरिएको भन्दै दलित अधिकारकर्मीले चासो देखाएपछि  घटना बाहिरिएको हो। महिलाको बेनी अस्पतालमा स्वास्थ्य परीक्षण भइसकेको छ।

पीडित महिलाका श्रीमान रोजगारीका क्रममा विदेशमा छन्। प्रहरीमा जाहेरी दर्ता भएपछि मुद्दा मिलाउन आर्थिक चलखेल सुरु भएको अधिकारकर्मीले आरोप लगाएका छन्। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.