|
विष्णु अवस्थीकी पत्नीलाई राहत रकम हस्तान्तरण गर्दै डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी। तस्वीर : प्रकाश पार्की

डडेल्धुरा : अविरल वर्षापछि पहिरोले पुरिएर मृत्यु भएका गन्यापधुरा गाउँपालिका–१ भेटाका विष्णु अवस्थीको परिवारलाई राहत रकम उपलब्ध गराइएको छ।

डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले घरमै पुगेर विष्णुकी पत्नीलाई मंगलबार २ लाख रूपैयाँ राहत रकम हस्तान्तरण गरेका हुन्।

संघीय सरकारको मापदण्डअनुसार जिल्ला विपद् व्यवस्थापन समिति डडेल्धुराले अवस्थी  परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको थियो। सोहीअनुसार राहत रकम हस्तान्तरण गरिएको प्रजिअ जोशीले बताए।

यस्तै, गन्यापधुरा गाउँपालिकाले पनि अवस्थीको परिवारलाई किरिया खर्च २५ हजार उपलब्ध गराएको छ। गाउँपालिका अध्यक्ष नवलबहादुर मल्लले मंगलबार घरमै पुगेर रकम हस्तान्तरण गरेका हुन्। 

यसका साथै अवस्थी परिवारलाई खाद्यान्नसमेत उपलब्ध गराइएको छ। 

गन्यापधुरा गाउँपालिका–१ भात्काँडा बजारमा व्यवसाय गर्दै आएका अवस्थीको मृत्यु पसल पछाडि खसेको पहिरोले पुरिएर भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.