|

काठमाडौं : फूलको चाडको रूपमा चिनिएको तिहार नजिकिँदै छ। तिहारका लागि बजारमा फूल र माला आउन थालिसकेका छन्।

तिहारका लागि नै भक्तपुरको गुण्डुमा लगाइएको मखमली फूल ढकमक्क भएको भएको छ। व्यवसायीहरूले मखमली फूल टिप्न र बजारमा बिक्री वितरण गर्न सुरू गरिसकेका छन्। मखमलीको एउटा माला २५ देखि ३० रुपैयाँमा बिक्री हुने उनीहरूले बताए।

फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष मीनबहादुर तामाङले यस वर्षको तिहारमा सयपत्री र मखमलीका १८ लाख ५० हजारवटा मालमा खपत हुने आँकलन गरिएको बताए। यस्तै १० करोड रुपैयाँ बराबरको माला कारोबार हुने तामाङ बताउँछन्। यस वर्षको भाइटीका कात्तिक २० गते परेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.