|

भक्तपुर : तिहार नजिकिएसँगै भक्तपुरका पुष्प व्यवसायीहरूलाई सयपत्री, गोदावरी र मखमली फूल टिप्ने र माला उन्ने चटारो छ।

तिहार फूलको पर्व पनि हो। लक्ष्मी पूजाको दिन घरको मुलढोका सजाउन होस् या पसल, कार्यालय, व्यावसायिक स्थल सिँगार्न सयपत्री फूलको माग उच्च हुने गर्दछ। काठमाडौं उपत्यकाका सहरलाई मध्यनजर गरी भक्तपुरको विभिन्न ठाउँमा सयपत्री र मखमलीको व्यावसायिक खेती गरिन्छ।

गुण्डु र ताथलीलाई सयपत्री र मखमली फूलको गाउँ भनिन्छ। पछिल्लो समय बागेश्वरीका केही स्थानमा पनि मखमली,  सयपत्री, गोदावरीसँगै जरवेरा र कार्नेश फूल खेती विस्तार गरिएको छ।

चाँगुनारायण नगरपालिका–८ बागेश्वरीमा युसव मताङ्गी दम्पत्तीले करिव २२ रोपनी क्षेत्रफलमा फूल खेती गर्दै आएका छन्। उनीहरूको फार्ममा ढकमकक सयपत्री, गोदावरी, जरवेरा र कार्नेश फुलेका छन्। तिहार नजिकिएपछि उनीहरूलाई फूल टिप्न भ्याइनभ्याइ छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.