|

काठमाडौं : पूर्वप्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले न्याय र न्यायालयको सम्बन्ध अटुट बनाउन प्रधानन्यायाधीशले चोलेन्द्र शमशेर राणाले निकास दिन जरुरी रहेको बताएका छन्।

उनले न्यायालय, पद्धति र अदालतको सेवा सु–सञ्चालन गर्नका लागि प्रधानन्यायाधीशले आफूमाथि लागेका आरोप चिरफार नहुँदासम्म इजलासमा बस्न नहुने बताए।

पराजुलीले प्रधानन्यायाधीशको कुरा निष्पक्ष छ/छैन भन्ने राजनीतिक दलले बुझ्नुपर्ने र जाँच गरेर हेर्नुपर्ने माग गरे।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई हटाएका कुरा कानुनसम्मत नभएको र ती न्यायाधीशले कानुनसम्मत काम नगरेको बताउँदै उनले प्रधानन्यायाधीशले संविधान र कानुनमाथि ज्यादती गर्न नपाइने बताए।

प्रधानन्यायाधीश पनि आफ्नो आचारसंहिताभित्र बस्नुपर्ने बताउँदै पराजुलीले भने, ‘हुल र गुटले हुँदैन, विधिसम्मत र न्यायसम्मत रूपले चल्नुपर्छ।’

उनले राजनीतिक दलले  कसैले म पीडित हुन्छु भनेर केपी अथवा गठबन्धन सरकारले भन्ने कुरा हो भन्दै प्रश्न गरे। उनले प्रश्न गरे‚ ‘जबरजस्ती कसैले पनि हटाएर प्रधानन्यायाधीश हट्न सक्दैन र प्रधानन्यायाधीश आफ्नो आचारसंहिताभित्र बस्नुपर्छ ।’

पराजुलीले प्रधानन्यायाधीशले स्वतन्त्र न्यायालयका मूल्य र मान्यता र नैतिकताका बारेमा सोच्नुपर्ने तर्क गरे। उनले प्रधानन्यायाधीशले गल्ती गर्नै नपाउने भन्दै यदि उनले गरेका गल्ती वस्तुनिष्ठ भए सबै राजनीतिक दलले छलफल गरेर निकास दिनुपर्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.