|

दाङ :  नेकपा एमालेले जिल्लाका १ सय वडा र १० वटा पालिकामा नयाँ नेतृत्व चयन गरेको छ।

दशौँ अधिवेशनअन्तर्गत शनिबार वडा कमिटीमा सर्वसम्मतले नेतृत्व चयन गरेको थियो भने मंगलबार नगर तथा पालिकामा पनि सर्वसम्मतले नेतृत्व चयन भएको पार्टीले जनाएको छ।

नेकपा एमाले दाङका सचिव मनोहर बुढाथोकीका अनुसार वडा तथा नगरमा सर्वसम्मतले चयन गरिएको हो।

तुलसीपुर उपमहानगरपालिकाका अध्यक्षमा माधव वली चयन भएका छन्। उनको नेतृत्वमा ८५ सदस्यीय कमिटी गठन गरिएको छ। उपाध्यक्ष लक्ष्मण चौधरी, सचिवमा रूपबहादुर खत्री, उपसचिवमा युवा करारा र छवि खरेल रहेका छन्।

घोराही उपमहानगरपालिकाका अध्यक्षमा भुवन चौधरी चयन भएका छन्। उनको नेतृत्वमा ७९ सदस्यीय कमिटी गठन गरिएको छ। उपाध्यक्षमा तारा पुरी, सचिवमा इन्द्र बुढाथोकी, उपसचिवमा काशी खनाल र कुलबहादुर गोतामे चयन भएका हुन्।

यसैगरी शान्तिनगर गाउँपालिकाका अध्यक्षमा धनबहादुर केसी, उपाध्यक्षमा थम्मन कनौँ, सचिवमा टीकाराम रिजाल, उपसचिवमा राकेश बुढाथोकी र शान्ति कँडेल चयन भएका हुन्।

त्यस्तै बबई गाउँपालिकाका अध्यक्षमा जितबहादुर ओली, उपाध्यक्षमा शारदा शाह, सचिवमा धनबहादुर डाँगी, उपसचिवमा टोपबहादुर चौधरी र सविकुमारी खड्का चयन भएका हुन्।

त्यस्तै राप्ती गाउँपालिकाका अध्यक्षमा मदन अधिकारी, उपाध्यक्षमा कमलापति चौधरी, सचिवमा भरतमणि न्यौपाने, उपसचिवमा रामबहादुर सुनार र रामबहादुर केसी चयन भएका हुन्।

यस्तै गढवा गाउँपालिकाका अध्यक्षमा बाबुराम अधिकारी, उपाध्यक्षमा मधा न्यौपाने, सचिवमा शिवराज पन्थी, उपसचिवमा केशरी गिरी र मानबहादुर वली चयन भएका हुन्।

लमही नगरपालिकाका अध्यक्षमा दण्डीराम चौधरी, उपाध्यक्षमा पुनम गिरी, सचिवमा भानु जोशी, उपसचिवमा अनिता शर्मा र सुदर्शनराज थापा चयन भएको पार्टीले जनाएको छ।

यस्तै राजपुर गाउँपालिकाका अध्यक्षमा हेमकुमार जिसी, उपाध्यक्षमा गोविन्द नेपाली, सचिवमा मन्साराम यादव, उपसचिवमा सिमाली झाँक्री र लोकबहादुर खड्का चयन भएका हुन्।

बंगलाचुली गाउँपालिकाका अध्यक्षमा पुष्पराज भण्डारी, उपाध्यक्षमा भीमबहादुर खत्री, सचिवमा भोजराज पन्त, उपसचिवमा धनबहादुर खड्का चयन भएका छन् र दंगीशरण गाउँपालिका अध्यक्षमा रेशम वली चयन भएका हुन्।

अझै महिलाले अवसर पाउँदैनन् : एमाले नेतृ युवा करारा

केही समयअगाडि नेपाली कांग्रेसको सम्पन्न वडा तथा नगर अधिवेशनमा पनि मुख्य पदमा महिलाको नेतृत्व एक वडा बाहेक अरूमा देखिएको थिएन। अहिले एमाले पनि उस्तै रहेको पाइन्छ। १ सय वडा र १० पालिकामा पुरुषको नेतृत्वमा कमिटी गठन भएको छ भने उपाध्यक्ष, उपसचिवमा महिलाको सहभागिता रहेको नेकपा एमाले जनाएको छ।

तुलसीपुर उपमहानगरपालिका वडा न ६ की वडा सदस्य एवं नेकपा एमाले तुलसीपुर नगर कमिटीकी नवनिर्वाचित उपसचिव युवा कराराले कमै मात्र महिलाले नेतृत्व लिने अवसर पाउने गरेको बताइन्।

उनले एमाले दाङका वडा तथा नगर अधिवेशनमा पनि अध्यक्ष बाहेक अन्य पदमा महिलाको सहभागिता रहेको बताइन्। उनले स्थानीय तहको निर्वाचमा पनि महिलाहरू उपाध्यक्ष र सदस्यहरूमा पाएको भन्दै अब एमालेको विधान संशोधन गर्दा महिलाहरूले नै नेतृत्व लिने पाउने गरी बनाउनुपर्ने बताइन्।

‘हरेक क्षेत्रमा महिलालाई सहभागिताको लागि कोटा राखिएको हुन्छ’, उनले भनिन्, ‘अहिलेका महिलाहरू सबै कुरामा पोख्त छन्। उनीहरूले पनि नेतृत्व गर्न पाए राम्रोसँग काम गर्न सक्छन् तर अहिले पनि पुरुषवाद सोच रहिरहेको छ।’​

पार्टीले महिलालाई अवसर दिएको छ : बुढाथोकी

एमाले दाङका सचिव मनोहर बुढाथोकी पार्टीले महिलालाई अवसर दिँदै आएको बताए। उनले वडा तथा नगर अधिवेशनमा पनि नेतृत्वमा आउन महिलालाई अवसर दिए पनि कुनै पनि नआएपछि पुरुष साथीले नेतृत्व समालेको बताए। उनले वडा तथा नगर अधिवेशनमा अन्य पदमा महिलाको उल्लेख्य सहभागिता रहेको समेत बताए।

‘जिल्लामा वडा तथा नगरको अधिवेशनमा हामीले महिलालाई नेतृत्वमा आउन आग्रह गरेका थियौँ’, उनले भने, ‘तर कोही पनि नेतृत्वमा आउनु भएन। नेतृत्वमा नआए पनि अन्य पदमा भने उल्लेख्य सहभागिता रहेको छ।’

त्यस्तै उनले अहिलेको कमिटीमा युवा पुस्ता देखिए पनि पार्टीमा लामो समयदेखि विभिन्न पदमा काम गर्दै आएका व्यक्तिहरू नै आएको बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.