|

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आज ३ सय ३५ सदस्यीय केन्द्रीय सदस्य मनोनीत गरेको छ।

अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा गठित कमिटीमा नेता झलनाथ खनाल विदेश विभाग प्रमुख‚ नेता मुकुन्द न्यौपाने उद्योग वाणिज्य तथा उद्योग व्यवसाय फाँट प्रमुख र नेता प्रदीप नेपाल पार्टी सम्बद्ध प्रतिष्ठानका इन्चार्ज रहेका छन्।

यसैगरी उक्त दलले ११ जनाको केन्द्रीय सचिवालय गठन गरेको छ। सचिवालयमा माधवकुमार नेपाल‚ झलनाथ खनाल‚ मुकुन्द न्यौपाने‚ राजेन्द्रप्रसाद पाण्डे‚ प्रमेश हमाल‚ जयन्ती राई‚​​ डा. बेदुराम भुसाल‚ प्रकाश ज्वाला‚ डा. गंगालाल तुलाधर‚ डा. विजय पौडेल र जगन्नाथ खतिवडा रहेका छन्।

यसैगरी ३५/३५ सदस्यीय केन्द्रीय अनुशासन आयोग‚ केन्द्रीय लेखापरीक्षण आयोग र केन्द्रीय निर्वाचन आयोग गठन गरेको छ।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.