|

सल्यान : जिल्ला प्रहरी कार्यालय सल्यानले तरकारी किन्न आएका व्यापारीबाट ३ लाख रुपैयाँ लुटपाट गरी फरार रहेका एकजनालाई पक्राउ गरेको छ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको पोशाक लगाई सोमबार कपुरकोट गाउँपालिका १ कालापातलको जंगलमा गाडी रोकी कपुरकोटमा तरकारी किन्न आएका सेराज हलुवाईको ३ लाख लुटपाट भएको थियो।

लुटपाट गरी फरार भएकामध्ये रोल्पा सुनछहरी गाउँपालिका ७ का ३० वर्षीय तिलक विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। लुहाम र कपुरकोटबाट खटिएको प्रहरीले विकलाई रोल्पा रुन्टिगडी गाउँपालिका ८ गर्पा खोलाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए।

विकलाई सल्यान जिल्ला अदालतबाट १५ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको उनको भनाइ छ। लुटपाटमा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ। 

नेपाल प्रहरी लगायत अन्य सुरक्षानिकायको पोशाक दुरुपयोग भएको थाहा पाए प्रहरी कार्यालयमा सूचना दिन पौडेलले आग्रह गरे। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.