|

कञ्चनपुर : भीमदत्त नगरपालिका ५ का ६७ वर्षीय पुरुषको आज कोरोना संक्रमणका कारण मृत्यु भएको छ। सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो।

स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार आज कञ्चनपुरका ७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ‚ जसमा भीमदत्त नगरपालिकाका ३, दोधारा चाँदनी नगरपालिकाका १, पुनर्वास नगरपालिकाका २ र गड्डाचौकीका १ जनामा कोरोनाको संक्रमण देखिएको छ।

कोरोना संक्रमणमुक्त भएका विरामीको संख्या भने आज ९ रहेको छ। कोरोनाका सक्रिय केस ८२ वटा रहेका छन्। अस्पतालको आइसोलेशनमा ६ जना र होम आइसोलेशनमा ७६ जना कोरोनाका विरामी रहेका छन्

हालसम्म कञ्चनपुरमा ८ हजार ८४३ जनामा कोरोनाको संक्रमण देखिएकोमा तीमध्ये ८ हजार ५४३ जना निको भई घर फर्किएका छन् भने २०२ जनाको मृत्यु भइसकेको छ।  

  अघिल्लो समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.