राष्ट्रियसभा उपाध्यक्षको अंगरक्षकको पेस्तोल पड्कियो

|
फाइल तस्वीर

काठमाडौं : राष्ट्रियसभा उपाध्यक्ष शशिकला दाहालका अंगरक्षकको पेस्तोल पड्किँदा गोली चलेको छ।

सिंहदरबारमा उपाध्यक्ष दाहालकी अंगरक्षक अनुपमा भारतीले बोकेको पेस्तोल जाँचका क्रममा एक्कासी पड्किँदा गोली चलेको हो।

तर, त्यसबाट कुनै मानवीय क्षति नभएको महानगरीय प्रहरी सुरक्षा गण सिंहदरबारले जनाएको छ। 

संसद्‍ सचिवालयको दोस्रो भवनमा उपाध्यक्ष दाहालकी अंगरक्षक भारतीले पेस्तोल जाँच गर्दा एकाएक गोली चलको प्रहरी सुरक्षा गण सिंहदरबारले जनाएको छ।

पेस्तोल पड्किएर चलेको गोली भवनको भित्तामा लागेकाले कुनै क्षति नभएको प्रहरीले बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.