|

काठमाडौं :  गैरआवासीय नेपाली संघले एनआरएन फाउण्डेसन दर्ता गरेको छ। 

नेपालमा सामाजिक तथा अन्य परोपकारी कार्य गर्ने उद्देश्यले एनआरएन फाउण्डेसन नामक गैरनाफामूलक संस्था नेपालको कम्पनी रजिष्ट्रारको कार्यालयमा विधिवत रुपमा दर्ता भएको संघले जनाएको छ।

फाउण्डेशनको पहिलो बैठकले जीवा लामिछानेलाई फाउण्डेशनको अध्यक्षमा चयन गरेको छ। सदस्यमा संरक्षक राम प्रताप थापा (जर्मनी), पूर्व संरक्षक इन्द्रा वन (अष्ट्रेलिया) र अभियन्ता पुरु श्रेष्ठ (अमेरिका) लाई मनोनित गरिएको छ।

फाउण्डेशनको संस्थापक सदस्यमा गैरआवासीय नेपाली संघतर्फबाट अध्यक्ष कुमार पन्त, संघका संरक्षक तथा पूर्वअध्यक्ष जीवा लामिछाने, संस्थापक महासचिव भीम उदास, पूर्व सल्लाहकार कुलचन्द्र गौतम र एकनाथ खतिवडा, नेपाल सरकारका पूर्वमुख्यसचिव लिलामणि पौड्याल र अभिनेत्री मनिषा कोइराला रहेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.