|
कृष्ण खनाल।

हेटौंडा : बागमती प्रदेशमा आज बिहीबार गठबन्धन दलले नयाँ सरकार गठन गर्दै छ। एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री पदबाट बुधबार राजीनामा दिएपछि गठबन्धनले आज सरकार गठनको तयारी गरेको हो।

मुख्यमन्त्री शाक्यले राजीनामा दिएपछि प्रदेश प्रमुख यादवचन्द्र शर्माले बिहीबार दिउँसो ३ बजेसम्म बहुमत पुर्‍याएर सरकार गठनका लागि दाबी गर्न आह्वान गरेका छन्। गठबन्धनले बुधबार नै नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्रप्रसाद पाण्डेलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै बहुमत सांसदको हस्ताक्षर बुझाइसकेको छ। अब अन्य दलले बहुमत पुर्‍याउन नसक्ने हुँदा गठबन्धनकै सरकार बन्ने निश्चित छ।

३ बजेसम्म अन्य दलको दाबी नआए साढे ३ बजे पाण्डेलाई मुख्यमन्त्री शपथ गराउने प्रदेश प्रमुख शर्माको तयारी छ। मुख्यमन्त्रीमा नियुक्त भएसँगै पाण्डेले आजै ३ जना मन्त्री नियुक्त गर्दै सानो मन्त्रिमण्डल विस्तार गर्ने जनाइएको छ। जसमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका तर्फबाट एक/एकजना मन्त्री बन्ने भएका हुन्।

कृष्णलाल भँडेल।

कांग्रेसबाट संसदीय दलका उपनेता कृष्णलाल भँडेल भौतिक पूर्वाधार विकासमन्त्री, माओवादीबाट संसदीय दलकी नेता कुमारी मोक्तान उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री र नेकपा एकीकृत समाजवादीबाट दलका उपनेता कृष्ण खनाल आन्तरिक मामिला तथा कानुनमन्त्री बन्ने पक्का भएको छ।

अहिलेलाई सरकारको गतिविधि अगाडि बढाउन ४ सदस्यीय सरकार बनाउने र तिहारपछि विश्वासको मत लिएर मन्त्रिमण्डल विस्तार गर्ने तयारी रहेको स्रोतले बताएको छ। पार्टी विभाजनपछि अल्पमतमा परेकी मुख्यमन्त्री शाक्यले संसद्‌मा विश्वासको मत नपाउने भएपछि पदबाट राजीनामा दिएकी थिइन्।

कुमारी मोक्तान।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.