|

सन् २०१८ मा प्रदर्शनमा आएको 'जिरो'पछि शाहरुखले लामो समय कुनै पनि फिल्म साइन गरेनन्। सन् १९९२ मा बलिउड प्रवेश गरेका उनले यसअघि यति लामो विश्राम लिएका थिएनन्।

३ वर्षको विश्रामपछि शाहरुखले 'पठान' साइन गरेका थिए, जुन उनका प्रशंसकका लागि निकै खुशीको खबर थियो। तर, उनका छोरा आर्यनको लागुऔषध मुद्दाले गर्दा यतिबेला उनको फिल्मको छायांकनमा रोकिएको छ। 

पठानको छायांकनकै लागि स्पेन गएका शाहरुख गत ३ अक्टोबरमा लागुऔषधमा आर्यन समातिएपछि भारत फर्किएका थिए। मुम्बई हाइकाेर्टले बिहीबार मात्र आर्यनलाई जमानत दिएकाे छ।

सिद्धार्थ आनन्दको लेखन तथा निर्देशनमा निर्मित ड्रामा थ्रिलर फिल्म 'पठान'बाट कमब्याक गर्न लागेका शाहरुख यतिबेला तमिल निर्देशक अरुण कुमार (एटली) को फिल्ममा पनि आबद्ध थिए। 

अधिकांश छायांकन भइसकेको पठानको अब केही गीत र विदेशमा गर्नुपर्ने छायांकन मात्र बाँकी थियो।

नोभेम्बरसम्ममा छायांकन सकेर पोस्ट प्रोडक्सन सुरु गर्ने योजनामा निर्माण टोली रहेको थियो।

पछिल्लो घटनाका कारण फिल्म केही समय पछि धकेलिने अनुमान गरिएको छ।

  अघिल्लो समाचार

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.