|

सुर्खेत : वीरेन्द्रनगर नगरपालिका-३ का इन्द्रजित सुनारले सयपत्री फूलको खेती गरेका छन्।

उनले वीरेन्द्रनगर-३ ऐरी चोकको पश्चिमतर्फको साढे तीन कट्ठा जमिनमा फूल खेती गरेका हुन्। ईन्द्रजितले कृषीमा स्नातकोत्तर गरेका छन्। आफूले आर्जन गरेको ज्ञान फूल उत्पादनमा लगाएको उनले सुनाए।

सुनारले थाइल्याण्डबाट आयात हुने ‘कर्मा-५५५’ जातको फूल लगाइएको छ। यो जातको सयपत्री फूलको सबै हाँगाहरूमा फूल लाग्ने र एक लाख लगानी गरिएको खेतीबाट तीन लाख रुपैयाँ सम्मको कारोबार हुने अपेक्षा गरेको ईन्द्रजितले सुनाए।

ईन्द्रजितका अनुसार, सुर्खेतमा तयार पारिएको एउटा मालालाई एक सय पचास रुपैयाँमा बिक्री गरिने छ भने किलोको हिसाबमा किन्नेलाई प्रतिकिलो चारसय रुपैयाँमा बिक्री गरिनेछ।

तिहार नजिकिएसँगै फूलको माग पनि बढ्न थालेको छ। कर्णाली प्रदेश तथा छिमेकी लुम्बिनी प्रदेशका बाँके, बर्दिया, दाङलगायतका जिल्लाबाट माग गर्न थालिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.