|

उत्तरकोरियामा भोकमरी सुरु भएपछि देशभित्र र बाहिर दुवैतिर चिन्ता व्यक्त भइरहेको छ।

उत्तर कोरियामा लगाइएको  प्रतिबन्धका काण उत्तर कोरियामा रहेका आफ्ना परिवार भोकभोकै रहेको दक्षिण कोरियामा बसोबास गर्ने उत्तर कोरीयालीहरू बताउँछन्। उत्तर कोरियाको चिसो लहरका साथै कमजोर र असहायलाई थप जोखिम रहेको छ।

दक्षिण कोरियाको अनलाइन नाइजोपेपर डेली एनकेका सम्पादक ली साङ योङले अनाथ भएका र भोकभोकै मर्ने मानिसहरूको घटना उत्तर कोरियामा बढेको छ। देशको तल्लो वर्गले सबैभन्दा धेरै कठिनाइहरूको सामना गरिरहेको बताए।

उत्तर कोरियाको बारेमा जानकारी पाउन निकै कठिन छ। कोरोना महामारीबाट बच्न गत वर्ष जनवरीदेखि देशको सिमाना बन्द गरिएको छ। त्यहाँबाट दक्षिण कोरिया गएका मानिसहरूका लागि आफ्नो परिवार र साथीहरूलाई सन्देश पठाउनुसमेत जोखिमपूर्ण बनेको छ।

उत्तर कोरियाले सधैँ खाद्यान्न सामग्रीको अभाव झेल्दै आएको छ। कोरनाको महामारीले स्थिति झनै खराब भएको छ।

देशका सर्वोच्च नेता किम जोङ उनले सन् १९९० को खडेरीका कारण भएको सबैभन्दा ठूलो विपत्तिको अवस्थालाई तुलना गरेका छन्। उक्त भोकमरीमा हजारौं मानिसले ज्यान गुमाएका थिए।

तथापि, अहिले परिस्थिति त्यति नराम्रो छैन र केही आशा बाँकी रहेको बताइएको छ।

उत्तर कोरियाले चीनसँग आफ्नो सिमाना खोल्ने तयारी गरिरहेको छ। तर,आर्थिक नोक्सानीको क्षतिपूर्ति गर्न कति व्यापार र मदत गर्नुपर्ने हो, स्पष्ट छैन।

राष्ट्रिय गुप्तचर सेवाले बताएअनुसार औषधी तथा अत्यावश्यक वस्तुहरूको कम आपूर्तिले गर्दा टाइफाइड जस्ता संक्रामक रोगहरूमा वृद्धि भएको छ।

यस वर्षको बाली उत्तर कोरियाका लागि निकै महत्वपूर्ण छ। गत वर्षको बाली आँधीले प्रभावित भएको थियो। संयुक्त राष्ट्रसंघको अनुमानअनुसार देशमा कम्तीमा पनि दुई देखि तीन महिनादेखि खाद्य सामग्रीको आपूर्ति हुन सकिरहेको छैन।

यस वर्ष खाद्यान्नको आपूर्ति लाई सुनिश्चित गर्न हजारौं मानिसहरू, सेनासमेत धान र मकै खेतीमा संलग्न भएका छन्। किम जोङ उनले देशका हरेक अन्नको चामल सुरक्षित राख्न आदेश दिएको बताइएको छ।

आधुनिक खेती गर्ने मेसिनको अभाव

उत्तर कोरियाले खाद्य वस्तुको अभावमा दुई प्रमुख मुद्दाको सामना गरिरहेको छ। यो पहिलो हो खेती विधि।

जानकारहरूका अनुसार उत्तर कोरियाले नयाँ सैन्य प्रविधि र क्षेप्यास्त्रमा लगानी गरेको छ। तर छिटो र राम्रो फसलका लागि आवश्यक आधुनिक मेसिनलाई महत्व दिएको छैन।

उत्तर कोरिया र दक्षिण कोरियालाई विभाजित गर्ने नागरिक क्षेत्र नजिकै दक्षिण कोरियाका किसान पाजुले मेसिनबाट बाली काट्न एक घण्टा लाग्ने बताउछन्। यो काम हातैले गर्ने हो भने एक हप्ता लाग्ने उनीहरूको भनाइ छ। उत्तर कोरियामा कटनी गर्ने काम हातैले गरिन्छ।

विपत्तिको उच्च जोखिम

उत्तर कोरियाले खाद्य वस्तुको समस्या समाधान गर्न प्रविधि र खेतीआपूर्तिको अभावसँगै लामो समयदेखिको अर्को समस्या समाधान गर्नुपर्छ।

अमेरिकी गुप्तचर निकायहरूले विश्वव्यापी उष्णताबाट सबैभन्दा बढी प्रभावित हुन सक्ने ११ देशमध्ये उत्तर कोरियालाई समावेश गरेका छन्।

रणनीतिक जोखिमसम्बन्धी परिषद्की क्याथरिन डिलले हालै उत्तर कोरियाको संकट, द कन्भर्सिङ क्राइसिस-बारे एउटा रिपोर्ट लेखिन्। उनी भन्छिन्, 'अहिले उत्तर कोरियाको पश्चिम तटमा धान र मकैबाली सफल नहुने आशंका बढेको छ।'

सायद यही कारणले गर्दा उत्तर कोरियाले २६ औं जलवायु शिखर सम्मेलनमा भाग लिन आफ्ना राजदूतलाई ब्रिटेन पठायो।

उत्तर कोरियामा प्राकृतिक प्रकोपको ठूलो खतरा छ। बाढी, मनसुनी वर्षा र चक्रवातले गर्दा वर्षेनी बाली बिग्रने मात्र होइन तर कीराहरू पनि मरेको जानकारहरू बताउँछन्।

द कन्भर्सिङ क्राइसिस को रिपोर्टले आगामी वर्षहरूमा समस्या झनै खराब हुने र खडेरी र बाढीले धान खेतीमा उल्लेखनीय प्रभाव पार्ने संकेत गरेको छ।

'सन् २०२० र २०२१ मा आएको आँधीबेहरीमा उत्तर कोरियाले अहिले शक्तिशाली आँधीबेहरीहरू सामना गरिरहेको छ', क्याथरिन डिल भन्छिन्, ' साथै, समुद्री सतह पनि समुद्रको सतह बढिरहेको छ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.