|

काठमाडौं : इराकका प्रधानमन्त्री मुस्तफा अल कदिमीको निवासमा ड्रोन आक्रमण भएको छ। 

आज बिहानै भएको आक्रमणमा प्रधानमन्त्री कदिमी भने सुरक्षित रहेको जनाइएको छ। इराकी सेनाले एक विज्ञप्ति जारी गर्दै राजधानी बगदादस्थित ग्रिन जोन क्षेत्रमा भएको आक्रमणमा प्रधानमन्त्री भने सुरक्षित रहेको उल्लेख गरेको छ। 

आक्रमणपछि प्रधानमन्त्री कदिमीले ट्विटरमार्फत् आफू सुरक्षित रहेको जानकारी दिएका छन्।  साथै उनले शान्ति कायम गर्न आग्रहसमेत गरेका छन्। अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मा लिएको छैन। ग्रिन क्षेत्रमा रहेका पश्चिमा मुलुकका कुटनीतिज्ञहरुले विस्फोट र गोलाबारीको आवाज सुनेको बताएका बीबीसीले जनाएको छ। 

पछिल्ला केही दिनदेखि ग्रिन जोन बाहिर इरान समर्थित हतियारबन्द संगठनहरुले इराक सरकारविरुद्ध प्रदर्शन जारी राखेका छन्। गत महिना भएको चुनावपछि यस क्षेत्रमा विरोध भइरहेको हो। संसदीय चुनावमा पराजित भएका दलहरुले पनि पनि धाँधली भएको भन्दै विरोध गरिरहेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.