|

न्युजिल्यान्डमा आजदेखि इच्छा मृत्यु रोज्न पाउने कानुन लागु भएको छ।

यससँगै न्युजिल्यान्डले इथेनासिया (इच्छा मृत्यु) ले कानुनी मान्यता प्राप्त देशहरूलाई साथ दिएको छ। जसमा स्वीट्जरल्याण्ड, नेदरल्याण्ड, स्पेन, बेल्जियम, लक्जेम्बर्ग, क्यानडा, अष्ट्रेलिया र कोलम्बिया रहेका छन् ।

यी देशहरूमा इच्छा मृत्युका लागि विभिन्न मापदण्ड र सर्तहरू बनाइएको छ। न्युजिल्यान्डमा  कुनै व्यक्तिलाई निको नहुने रोग लागेको छ र ६ महिनाभन्दा बढी बचाउन नसकिने अवस्था भए इच्छा मृत्युको विकल्प रोज्न पाउने बताइएको छ।

यस प्रक्रियामा कम्तीमा पनि दुई जना डाक्टरको सहमति चाहिन्छ। इथेनासियाबारे हालै भएको जनमत संग्रहमा ६५ प्रतिशतभन्दा बढी मत यो कानुनको पक्षमा गएको थियो। यस विषयमा न्यूजिल्याण्डमा लामो समयदेखि बहस चलिरहेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.