|

भारतको राजधानी नयाँ दिल्ली र उत्तर प्रदेशमा जिका भाइरसको संक्रमण बढेपछि सतर्कता अपनाइएको छ। भारतका स्वास्थ्य अधिकारीहरूले ती क्षेत्रमा केही समयअघिदेखि जिका भाइरसको संक्रमण बढ्दो अवस्थामा देखिएको बताएका छन्।

उनीहरुका अनुसार शनिबार मात्र उत्तर प्रदेश राज्यमा ४३ जनामा भाइरसको संक्रमण देखिएको थियो। उत्तर प्रदेश राज्यका सरकारी स्वास्थ्य अधिकारीहरुले गएको दुई सातामा ७९ जनामा संक्रमण देखिएको छ।

दिल्लीका उपमुख्यमन्त्री मनिस सिसोडियाले नयाँ दिल्लीमा पनि उक्त भाइरसको संक्रमण बढ्दो देखिएको र यसका लागि सरकारले सतर्कता अपनाएको बताए। उनले  यहाँका सबै सरकारी अस्पतालहरुमा यो भाइरसका संक्रमितको उपचारको व्यवस्था गरिएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.