|

सुर्खेत : सल्यानमा बस दुर्घटना हुँदा आठ जनाको मृत्यु र २६ जना घाइते भएका छन्। सल्यानको जयपानीबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको रा १ ख २५५२ नम्बरको बस दुर्घटना भएको हो। 

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी गोविन्द थापाका अनुसार कपुरकोट गाउपालिका–५ खारखोलामा दुर्घटना भएको हो।

दुलधारा, खलंगा हुँदै दाङको तुलसीपुरतर्फ जाँदै गरेको बिहान बस बिहान पौने ११ बजेतिर कपुरकोटको खारखोला नजिकै दुर्घटनामा परेको हो।

घाइतेहरुको उद्धार गरेर उपचारका लागि श्रीनगर र केहीलाई तुलसीपुर पठाइँदै गरेको प्रहरीले जनाएको छ। प्रहरी र स्थानीयद्वारा उद्धार जारी रहेको छ। यो समाचार तयार हुन्जेल दुर्घटनामा मृत्यु हुने कसैको पनि सनाखत हुन सकेको छैन।

दुर्घटनामा पर्नेमा अधिकांश तिहारको विदा सकेर दाङ र अन्य शहरी क्षेत्रमा फर्कन लागेका रहेको प्रहरीको अनुमान छ। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.