|

काठमाडौं : तिहारपछिको पहिलो कारोबार भएको आज सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। बजार सोमबार १९.२० अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक दुई हजार आठ सय २९.६४ को विन्दुमा झरेको छ।

राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेस्क पनि आज २.७१ अंकले घटेर पाँच सय २८. ३७ को विन्दुमा समेटिएको छ। आज झन्डै साढे ४ अर्ब रुपैयाँको हाराहारीमा कारोबार भएको छ।

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये तीन वटामा हरियाली छाएको छ भने १० वटामा रातो पोतिएको छ। आज वित्त समूह सर्वाधिक ०.७८ प्रतिशतले उकालो लागेको छ।

लगानी समूह ०.६७ प्रतिशतले बढ्दा म्युचुअल फन्ड समूहमा ०.५१ प्रतिशतको बढोत्तरी भएको छ। यो दिन विकास बैंक समूह सर्वाधिक १.२४ प्रतिशतले ओरालो लागेको छ।

अन्य समूह १.१६ प्रतिशतले घट्दा बैंकिङ समूहमा १.०५ प्रतिशत, व्यापार समूहमा ०.४६ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.८६ प्रतिशतले ओरालो लागेको छ। यस्तै जलविद्युत समूहमा ०.४१ प्रतिशत, निर्जीवन बीमा समूहमा १.०५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.४४ प्रतिशत, लघुवित्त समूहमा ०.९९ प्रतिशत र जीवन बीमा समूहमा ०.६३ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरू

आज नेप्सेमा सूचीकृत दुई सय ३० कम्पनीका ७२ लाख ७ हजार ३९६ कित्ता सेयर ४ अर्ब ४२ करोड ७ लाख १९ हजार १०३ रुपैयाँमा किनबेच भएका छन्। आज महालक्ष्मी विकास बैंकको सर्वाधिक ५२ करोड १० लाख रुपैयाँ बढीको कारोबार भएको छ।

नबिल बैंकको ३० करोड ३३ लाख रुपैयाँबराबरको कारोबार भएको आज आइसिएफसी फाइनान्सको २२ करोड ४० लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको १५ करोड ४१ लाख रुपैयाँ, युनाइटेड मोदी हाइड्रोपावरको १४ करोड ८ लाख रुपैयाँको कारोबार भएको छ।

यस्तै अपी पावरको १३ करोड १७ लाख रुपैयाँ, लुम्बिनी विकास बैंकको १२ करोड ४७ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको १० करोड ९७ लाख रुपैयाँ, निफ्राको ९ करोड ३१ लाख रुपैयाँ र अरुण काबेली पावरको ८ करोड ९४ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

सोमबार पाँच वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। आइसिएफसी फाइनान्स र साहस उर्जाको सेयरमूल्यमा १० प्रतिशत तथा तेह्रथुम पावर, मानुषी लघुवित्त र महालक्ष्मी विकास बैंकको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो।

आज सपोर्ट माइक्रोफाइनान्सका सेयरधनीहरूले सर्वाधिक गुमाए। यो लघुवित्तको सेयरमूल्यमा ८ प्रतिशतको हाराहारीमा गिरावट आएको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.