|

पोल्याण्डले देशभित्र आप्रवासी प्रवेशमा रोक लगाएको छ। बेलारुससँगको पूर्वी सीमानामा जम्मा भएका सयौं मानिसलाई प्रवेशमा रोक लगाइएको हो।

अरु हजारौं मानिस पोल्याण्डतर्फ आउँदै गरेको बताइएको छ। बेलारुसले आप्रवासीलाई जबर्जस्ती आफ्नो सीमातर्फ धकेलेको आरोप लगाउँदै पोल्याण्डले यसलाई आपराधिक कार्य भनी टिप्पणी गरेको छ।

पोल्याण्ड सरकारले उनीहरुलाई रोक्न सीमा क्षेत्रमा १२ हजार सेना परिचालन गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। पोल्याण्ड, लिथुआनिया र लाट्भियाले बेलारुसबाट अवैधरुपमा आफ्नो देश प्रवेश गर्न खोज्ने आप्रवासीको संख्या पछिल्लो समय बढ्दै गएको बताएका छन्। आप्रवासीहरु अधिकांश मध्यपूर्व र एशियाका रहेको समाचारमा उल्लेख छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.