|

काठमाडौं : धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार सेयर बजारमा भारी गिरावट आएको छ।

आज बजार ५९.५७ अंकले ओरालो लागेर नेप्से परिसूचक २ हजार ६ सय ९०.२९ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १०.६३ अंकले घटेर पाँचसय १९ को विन्दुमा ओर्लेको छ।

आज कारोबार रकम पनि पाँच अर्ब रुपैयाँ बढीको मात्रै भएको छ। आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ। वित्त समूह सर्वाधिक ४.२२ प्रतिशतले ओरालो लागेको छ।

विकास बैंक समूहमा ३.६१ प्रतिशतले घटेको यो दिन बैंकिङ समूहमा १.५७ प्रतिशत, व्यापार समूहमा १.८९ प्रतिशत, होटेल तथा पर्यटन समूहमा २.८२ प्रतिशत, जलविद्युत समूहमा २.२९ प्रतिशत, निर्जीवन बीमा समूहमा २.३५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.९९ प्रतिशत, अन्य समूहमा २.९८ प्रतिशत, लघुवित्त समूहमा २.१३ प्रतिशत, जीवन बीमा समूहमा २.०५ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.४५ प्रतिशत र लगानी समूहमा ३.०५ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरू

आज महालक्ष्मी विकास बैंकको सर्वाधिक ४७ करोड ४९ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नबिल बैंकको ३१ करोड ८ लाख रुपैयाँबराबरको कारोबार भएको छ।

आइसिएफसी फाइनान्सको २९ करोड २२ लाख रुपैयाँ, अपी पावरको १४ करोड ७३ लाख रुपैयाँ, ज्योति विकास बैंकको १३ करोड ४४ लाख रुपैयाँ, अरुण काबेली पावरको १२ करोड ६८ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको १० करोड ९९ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको १० करोड ५१ लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको ९ करोड ८६ लाख रुपैयाँ र कामना सेवा विकास बैंकको ९ करोड ३९ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज मानुषी लघुवित्त र तेह्रथुम पावरको सेयरभाउमा पोजिटिभ सर्किट लागेको छ। मानुषी लघुवित्तको सेयरमूल्यमा १० प्रतिशत र तेह्रथुम पावरको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएको छ।

आज आइसिएफसी फाइनान्स र महालक्ष्मी विकास बैंकको सेयरमूल्यमा नेगेटिभ सर्किट लागेको छ। यी दुवै कम्पनीको सेयर १० प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.