|

काठमाडौं : दक्षिण अमेरिकी देश चिली सुन्दर पहाडी भूगागका लागि विश्वभर सुपरिचित छ।

यो देशमा २० हजार फिटभन्दा अग्ला २२ वटा पहाड छन्। तर चिलीको अटाकामा मरुभूमिमा एउटा यस्तो पहाड छ जुन कपडा र जुत्ताले बनेको छ।

यो पहाडको निर्माणमा क्रिसमसको स्वेटरदेखि स्की बुटसम्मको उपयोग गरिएको छ।

यहाँ फ्याँकिएका कपडाले यो पहाड वर्षेनी कम्तीमा ३९ हजार टनले चुलिँदै गइरहेको बताइन्छ।

द्रुत गतिमा बढिरहेको फेसन उद्योगका कारण प्रदूषण पनि बढ्दै गएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

कपडाको थुप्रो खुला ठाउँमा फ्याँक्दा वा जमिनमा गाड्दा यसले वातावरणमा हानी पुर्‍याइरहेको छ भने यसको रसायन हावा र जमिनमुनिको पानीमा पनि घोलिइरहेको छ।

बन्दरगाहमा वर्षेनी ५९ हजार टन कपडा

चिली लामो समयदेखि पुराना, थोत्रा र बिक्री नभएका कपडाहरूको हब भएको छ। यी कपडाहरू चीन र बंगलादेशमा बनाइन्छ।

वर्षेनी  लगभग ५९ हजार टन कपडा उत्तरी चिलीको आल्टो होस्पिसियो क्षेत्रको इक्विक पोर्टमा पठाइन्छ, जहाँ व्यापारीले यी कपडा किन्छन्।

यहाँबाट सिमाना पारेर अन्य ल्याटिनी देशमा पनि लुगा तस्करी हुने गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.