|

भारतमा सन् २०१९ को तुलनामा सन् २०२० मा देशमा बालबालिकाविरुद्ध साइबर अपराध ४ सय प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। एक रिपोर्टअनुसार यी घटनाहरू प्रायजसो बालबालिकालाई यौन कार्यमा चित्रण गर्ने विषयवस्तु प्रकाशन तथा प्रसारणसित सम्बन्धित रहेका छन्।

राष्ट्रिय अपराध रेकर्ड ब्युरो (एनसिआरबी)ले  दिएको जानकारीअनुसार २०२० मा बालबालिकाविरुद्ध साइबर अपराधका ८४२ वटा उजुरी दर्ता भएका थिए।  यीमध्ये ७३८ वा लगभग ८७% घटना नाबालिगहरू यौन क्रियामा संलग्नमा आधारित छन्।

यसको तुलनामा सन् २०१९ मा बालबालिकाविरुद्ध जम्मा १६४ वटा साइबर अपराध दर्ता भएका थिए। जुन २०२० को तुलनामा ४१३% कम हो । सन् २०१७ र २०१८ मा यी तथ्यांक क्रमशः ७९ र ११७ थिए।

एनसिआरबीको सन् २०२० को तथ्यांकअनुसार उत्तर प्रदेश (युपी)ले बालबालिकाविरुद्ध साइबर अपराधका १७० वटा मुद्दाको सबैभन्दा बढी रेकर्ड गरेको छ। यसपछि कर्नाटक र महाराष्ट्रमा रहेको छ। यहाँ बालबालिकाविरुद्ध १४४ र १३७ वटा अपराधका उजुरी दर्ता भएका थिए। सूचीमा केरला (१०७) र ओडिसा (७१) चौथो र पाँचौ स्थानमा छन्।

यो संख्याबारे कुरा गर्दै सिआरवाई (बाल अधिकार र तपाईं) का सिइओ पूजना मारवाहले शैक्षिक तथा सञ्चारका लागि इन्टरनेटमा बढी समय खर्च गर्दा बालबालिकामा जोखिम बढेको  बताइन्।

यसमा यौन दुर्व्यवहार, अश्लील सन्देश आदानप्रदान गर्ने, अश्लील सामग्री हेर्ने र साइबर धम्कीजस्ता खतराहरूको सामना बालबालिकाले गरिरहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.