|

काठमाडौं : धितोपत्र कारोबार हुने साताको दोस्रो दिन सोमबार सेयर बजार दोहोरो अंकले उकालो लागेको छ।

आज बजार २६.४४ अंकले उकालो लागेर नेप्से परिसूचक दुई हजार सात सय १५.३५ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनी ४.१० अंकले उकालो लागेर पाँच सय ६.५४ को विन्दुमा पुगेको छ।

आज कारोबार रकम पौने ५ अर्ब रुपैयाँको हाराहारीमा भएको छ। आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ। यो दिन विकास बैंक समूह सर्वाधिक २.६३ प्रतिशतले उकालो लागेको छ।

वित्त समूह २.३ प्रतशतले बढेको आज बैंकिङ समूहमा ०.०५ प्रतिशत, व्यापार समूहमा १.८३ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.८१ प्रतिशत, जलविद्युत समूहमा १.६७ प्रतिशत, निर्जीवन बीमा समूहमा १.७४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.७१ प्रतिशत, अन्य समूहमा ०.९८ प्रतिशत, लघुवित्त समूहमा १.२१ प्रतिशत, जीवन बीमा समूहमा ०.७५ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.२१ प्रतिशत र लगानी समूहमा १.९६ प्रतिशतको वृद्धि भएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरू

आज नेप्सेमा सूचीकृतमध्ये दुई सय २८ कम्पनीका ८६ लाख ३६ हजार ६ सय ३६ कित्ता सेयर ४ अर्ब ७३ करोड ४६ लाख ५१ हजार चार सय ४४ रुपैयाँमा किनबेच भएका छन्।

आज महालक्ष्मी विकास बैंकको सर्वाधिक ३५ करोड ४६ लाख रुपैयाँ बढीको कारोबार भएको छ। एचआइडिसिएलको २८ करोड ६४ लाख रुपैयाँबराबरको कारोबार भएको आज लुम्बिनी विकास बैंकको २३ करोड ७९ लाख रुपैयाँ, नबिल बैंकको १६ करोड १५ लाख रुपैयाँ, ज्योति विकास बैंकको १३ करोड ९२ लाख रुपैयाँको कारोबार भएको छ।

यस्तै अपी पावरको १३ करोड २९ लाख रुपैयाँ, आइसिएफसी फाइनान्सको १३ करोड २ लाख रुपैयाँ, ङादी ग्रुप पावरको १२ करोड ६८ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको १२ करोड ५९ लाख रुपैयाँ र शाइन रेसुंगा डेभलपमेन्ट बैंकको ११ करोड १८ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज चार वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। बोटलर्स नेपाल (तराई) र मानुषी लघुवित्तको सेयरमूल्यमा १० प्रतिशत तथा तेह्रथुम पावर र मैलुंगखोला जलविद्युतको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो।

शिवश्री हाइड्रोपावरको सेयरमूल्य पनि ८.७ प्रतिशतले उकालो लागेको छ। यो दिन महालक्ष्मी विकास बैंकका सेयरधनीहरूले धेरै गुमाए। यो बैंकको सेयरमूल्यमा चार प्रतिशत बढीको गिरावट आएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.