|

काठमाडौं : नेकपा माओवादी केन्द्रमा कुलमान घिसिङलाई काठमाडौं महानगरपालिकाको प्रमुख बनाउने चर्चा चले पनि उनी उम्मेदवार बन्न पाउने छैनन्।

किन?

स्थानीय तह निर्वाचन ऐन २०७३ अनुसार तोकिएको उम्मेदवार सम्बन्धि योग्यता घिसिङसँग छैन। ऐनको दफा १३ (ग) मा ‘गाउँपालिका वा नगरपालिकाको सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको’ हुनुपर्ने व्यवस्था छ। तर घिसिङको मतदाता नामावली काठमाडौंमा होइन, उनको गृहजिल्ला रामेछापमा छ।

उनको मतदाता नम्बर १७६४२३०९ हो। उनी सुनापती गाउँपालिकाको वडा नम्बर ४ (साबिक बेथान ७) का बासिन्दा हुन्।

यस्तै ऐनको दफा १३ (उम्मेदवारको अयोग्यता) को उपदफा ग मा ‘नेपाल सरकार, प्रदेश सरकार तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकारबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको’ व्यक्ति पनि स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न पाउँदैनन्।

ऐनको यो प्रावधान कुलनमानले राजीनामा दिएर काट्न सक्थे तर नामावलीमा नाम नै नभएकाले कुलमान काठमाडौं महानगरपालिकाको प्रमुखमा उम्मेदवार बन्न पाउँदैनन्। उनी रामेछापको सुनापती गाउँपालिकाबाट मात्र उम्मेदवार बन्न सक्छन्। त्यो पनि प्राधिकरणबाट राजीनामा दिएपछि मात्रै। 

ऐनको व्यवस्था यस्तो छः

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.