|

काठमाडौं : साताको तेस्रो दिन मंगलबार सेयर बजारमा करिब ७० अंकले उकालो लागेको छ। बजार आज ६९.२२ अंकले उकालो लागेको र नेप्से परिसूचक दुई हजार सात सय ८४.५८ को विन्दुमा पुगेको छ।

राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १४.९२ अंकले बढेर पाँच सय २१.४६ को विन्दुमा उक्लिएको छ। कारोबार रकम पनि बढेर साढे ५ अर्ब रुपैयाँ बढीको भएको छ।

आज नेप्से उपसमूहमा १३ वटै समूहमा हरियाली पोतिएको छ। अन्य समूह सर्वाधिक ५.९१ प्रतिशतले उकालो लागेको छ। जलविद्युत समूह ५.३९ प्रतिशतले बढेको यो दिन बैंकिङ समूहमा १.९० प्रतिशत, विकास बैंक समूहमा २.०२ प्रतिशत, वित्त समूहमा ३.२१ प्रतिशत, होटेल तथा पर्यटन समूहमा २.१४ प्रतिशतले वृद्धि भएकाे छ।

लगानी समूहमा १.८१ प्रतिशत, जीवन बीमा समूहमा १.७७ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.९७ प्रतिशत, लघुवित्त समूहमा १.६८ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.८५ प्रतिशत, निर्जीवन बीमा समूहमा १.५१ प्रतिशत र व्यापार समूहमा २.०४ प्रतिशतले बढेकाे छ। 

धेरै कारोबार गर्ने कम्पनीहरू

आज नेप्सेमा सूचीकृतमध्ये २२७ कम्पनीका १ करोड ९३ हजार २२१ कित्ता सेयर ५ अर्ब ५२ करोड १६ लाख ५० हजार ८५६.७५ रुपैयाँमा किनबेच भएका छन्।

आज महालक्ष्मी विकास बैंकको सर्वाधिक ३७ करोड २६ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेसनल हाइड्रोपावरको ३० करोड ४२ लाख रुपैयाँबराबरको कारोबार भएको आज अपी पावरको २३ करोड ३६ लाख रुपैयाँ, लुम्बिनी विकास बैंकको १८ करोड २४ लाख रुपैयाँकाे काराेबार भएकाे छ। 

नेपाल टेलिकमको १६ करोड ४३ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको १५ करोड ५८ लाख रुपैयाँ, एचआइडिसिएलको १५ करोड १७ लाख रुपैयाँ, जानकी फाइनान्सको १३ करोड ६६ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको १२ करोड ९९ लाख रुपैयाँ र नबिल बैंकको ११ करोड ५२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज ९ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। यो दिन नेपाल बंगलादेश बैंक, नेपाल टेलिकम, महालक्ष्मी विकास बैंक, पञ्चकन्या माई हाइड्रोपावर, माथिल्लो तामाकोशी र मैलुङखोला जलविद्युतको सेयरमूल्यमा १० प्रतिशत तथा मानुषी लघुवित्त, तेह्रथुम पावर र प्रभु इन्स्योरेन्सको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको छ।

आज श्री इन्भेस्टमेन्ट फाइनान्स, लिबर्टी इनर्जी, हिमाल दोलखा हाइड्रोपावर र नेसनल हाइड्रोको सेयरमूल्य पनि ९ प्रतिशत बढीले उकालो लागेको छ। विजय लघुवित्तका सेयरधनीहरूले धेरै गुमाए। यो लघुवित्तको सेयरमूल्य २ प्रतिशत बढीले ओरालो लागेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.