|

भारत सरकारले यस आर्थिक वर्षमा अमेरिकाबाट ३० प्रिडेटर ड्रोन किन्‍ने भएको छ। जसको लागत २२ हजार करोड हुनेछ ।

समाचार एजेन्सी पीटीआईले आकाशबाट जमिनमा मार हान्न सक्ने मिसाइलले सुसज्जित एम क्यु नाइन बी ( MQ-9B) लामो सहनशीलता ड्रोन किन्नको प्रस्ताव आगामी केही हप्तामा रक्षा परिषद् ले पारित गर्न सक्ने जनाएको छ। जसको नेतृत्व प्रधानमन्त्रीले गर्नेछन्। यो प्रस्ताव भारतीय नौसेनाले विस्तार गरेको र तीन सेनाले १०-१० ड्रोन पाउनेछन्।

नौसेनाका उपप्रमुख भाइस एडमिरल सतीश नामदेव घोर्माडेले छिट्टै रक्षा खरिद परिषद्‍मा प्रस्ताव राख्ने बताएका छन्। अमेरिकी कम्पनी जनरल एटोमिक्सले बनाएका यी ड्रोनलाई दुर्गम स्थानमा सञ्चालन गर्न सकिन्छ। यसका साथै यी ड्रोनहरू लगभग ३५ घण्टासम्म आकाशमा रहन सक्छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.