|

दिल्ली सरकारले बढ्दो प्रदूषणलाई ध्यानमा राख्दै अर्को आदेश नभएसम्म विद्यालय र अन्य शैक्षिक संस्था बन्द गर्न आदेश दिएको छ। साथै अत्यावश्यक सेवा बाहेक बाहिरबाट आउने सवारीसाधनलाई दिल्ली प्रवेशमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ।

दिल्लीका वातावरणमन्त्री गोपाल रायले उक्त जानकारी दिएका हुन्।

उनले दिल्ली सरकारका कर्मचारीहरूका लागि 'घरबाट काम' गर्ने व्यवस्था आइतबारसम्म जारी रहने बताए।

रायले भने‚ ‘सार्वजनिक यातायात सेवा सुदृढ बनाउन एक हजार निजी सिएनजी बस परिचालन गरिनेछ। यो बिहीबारदेखि सुरु गरिनेछ।’ 

वायु प्रदूषणका विषयमा सर्वोच्च अदालतमा सुनुवाइ हुनुअघि वायु गुणस्तर व्यवस्थापन आयोगले मंगलबार राति राष्ट्रिय राजधानी क्षेत्रमा स्कुल, कलेज र शैक्षिक संस्थाहरू अर्को आदेश नभएसम्म बन्द रहने र अनलाइन शिक्षाको मात्र अनुमति दिइने निर्देशन दिएको छ।

आयोगले दिल्लीको ३०० किलोमिटरभित्र रहेका ११ थर्मल पावर प्लान्टमध्ये ५ वटा मात्रै नोभेम्बर ३० सम्म सञ्चालन गर्न पाउने आदेश दिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.