|
टिमुर टिप्दै सल्यानकी महिला। तस्वीर : दीपक शर्मा

सल्यान : सल्यानका किसानलाई पाकेर रातै भएको टिमुर टिप्न र सुकाउने चटारो छ।

जिल्लाका बागचौर, बनगाड कुपिण्डे, शारदा नगरपालिका दार्मा, कुमाख, छत्रेश्वरी गाउँपालिकाका किसानलाई यतिबेला टिमुर टिप्न भ्याइनभ्याई छ।

नगदेबालीमा गनिने टिमुरलाई यहाँका किसानले आम्दानीको मुख्यस्रोत बनाउँदै आएका छन्।

केही नउब्जने बारी र डिलमा रोपेर राम्रो आम्दानी हुने भएकाले किसानले व्यावसायिक टिमुर खेती गर्दै आइरहेका छन्।

मसला र आयुर्वेदिक औषधिमा प्रयोग हुने टिमुर सल्यानको महत्वपूर्ण नगदेबाली मानिन्छ।

टिमुरबाट सुगन्धित तेल, साबुन, मसला, ज्वरो आएको समय, हैजा, पेट तथा जंगली जुका खसाल्न र जैविक विषादी बनाउन प्रयोग हुने गरेको छ।

सल्यानको टिमुर भारतका औषधि उत्पादक कम्पनी डाबर र पतञ्जलीले खरिद गर्ने गरेका छन्।

२ वर्षको लगातारको कोरोना लकडाउनले भने टिमुरले उचित मूल्य पाउन नसकेको किसानको गुनासो छ।

विगतमा ७ सय रूपैयाँसम्म बिक्री भएको टिमुर अहिले ४ सय रूपैयाँ किलो पनि मुस्किलले बिक्री हुने गरेको किसानहरुको गुनासो छ।

सल्यानमा टिमुर टिपेर, सुकाएर बेच्नका लागि तयार पारिँदै (फोटो फिचर):

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.