|

धनुषा : विदेह नगरपालिका–७ बेलापट्टी सडकखण्डमा ट्रयाक्टर दुर्घटना हुँदा दुईको मृत्यु र २० जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार बिहीबार राति ‘अनटेष्ट’ ट्रयाक्टर दुर्घटना भएको हो। दुर्घटनामा परी भारतको विहार राज्य सितामढीका ६० वर्षीय रामदयाल राय यादव र ४५ वर्षीया अम्बिका देवीको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतका अनुसार भारतबाट कमलाको मेला हेर्न आइरहेको ट्रयाक्टर अभरटेक गर्ने क्रममा दुर्घटनामा परेको हो। उनीहरू धनुषा र सिरहाको सीमामा पर्ने कमलाखोलाको भूत मेला हेर्न तथा स्नानका लागि आउँदै थिए। घाइतेहरूको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ। उनीहरु सबै भारतीय छन्। घाइते केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.