|

बैतडी : जिल्लाको मेलौली नगरपालिका–१ मा रहेको प्रसिद्ध मेलौली भगवती मन्दिरमा जात्रा सम्पन्न भएको छ। बिहीबारदेखि सुरु भएको जात्रा आज सम्पन्न भएको हो। मेलौली भगवती मन्दिरमा हरेक वर्ष कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन जात्रा लाग्ने गर्छ।

गत वर्ष कोरोना कहरका कारण नित्यपूजामा मात्रा सीमित भए पनि यो वर्ष भने भव्य रूपमा सम्पन्न भएको हो। उक्त मेलामा बैतडीसहित सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका दर्शनार्थी आएका थिए। साथै छिमेकी मुलुक भारतबाट पनि दर्शनार्थी आएका थिए।

मेलौली भगवती मन्दिरमा पशुबलि सहित जात्रा सम्पन्न भएको हो। मन्दिरमा हजारौं दर्शनार्थी सहभागी रहेका थिए। मेलालाई व्यवस्थित बनाउन मदिरा निषेधित गर्नुका साथै सुरक्षा व्यवस्था पनि कडा पारिएको थियो। मेलाकै लागि भनेर मेलौली नगरपालिकाले बिहीबार र शुक्रबार सार्वजनिक बिदा समेत दिएको थियो।  

 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.