|

पर्सा : चालु आर्थिक वर्षको पहिलो चौमासिकको कात्तिक महिनामा वीरगन्ज भन्सार कार्यालयले राजस्‍वको लक्ष्य भेट्न नसकेको पाइएको छ।

यो आर्थिक वर्षको सुरुका तीन महिना लक्ष्य पूरा गर्दै आएको वीरगन्ज भन्सार कार्यालयले कात्तिक महिनामा भने राजस्‍वको लक्ष्य भेट्न नसकेको हो।

गएको कात्तिक महिनामा अघिल्ला महिनाहरूभन्दा बढी प्रज्ञापत्रमार्फत भन्सार क्लियरेन्स बढ्दा पनि भन्सारले लक्ष्य नभेटाएको तथ्यांकले देखाएको छ।

कोरोना कहरको वर्ष भनिएको गतवर्षको कात्तिक महिनामा भने यो भन्सारले लक्ष्यभन्दा १ अर्ब ८३ करोड ९५ लाख ३९ हजार बढी राजस्‍व संकलन गर्न सफल भएको थियो। तर, यो वर्षको प्रथम चौमासिकको अन्तिम महिना अर्थात् कात्तिकमा भने लक्ष्यभन्दा ४९ करोड ७५ लाख ७९ हजार कम राजस्‍व संकलन गरेको वीरगन्ज भन्सार कार्यालयकै तथ्यांकमा उल्लेख गरेको छ।

गएको कात्तिक महिनाका लागि राजस्‍व विभागले वीरगन्ज भन्सार कार्यालयलाई कुल १७ अर्ब ५४ करोड ९७ लाख ५९ हजारको लक्ष्य दिएको थियो। भन्सार कार्यालयले भने १७ अर्ब ५ करोड २१ लख ८० हजार मात्र राजस्‍व संकलन गर्न सकेको तथ्यांकले देखाएको छ।

तिहार र छठजस्ता महत्वपूर्ण चाडपर्व परेको महिनामा नयाँ सवारीदेखि रोटी पकाउने ताप्के, फूल र टीका, रंग र सवारीको इन्धन र असीमित सामान भित्रिएको महिनामा नै भन्सारको लक्ष्य अपुग भएको भेटिएको छ।

कोरोनाले प्रभावित र्ष पनि लक्ष्यभन्दा १५ प्रतिशत बढ

गत वर्ष भने कोरोनाले चाडपर्व लक्षित कुनै गतिविधि गर्न नपाउँदासमेत यो भन्सारले लक्ष्यभन्दा १५ प्रतिशत बढी प्रगति गरेको थियो।

यो भनेको १ अर्ब ८३ करोड ९५ लाख ३९ अजारले बढी हो। तर, यो वर्ष लक्ष्य नपुग्नुमा छिमेकी मुलुकबाट आउने खुद्रा सामान तथा प्रज्ञापनपत्रमा उल्लेख हुने रेडलेनबाट आउने समानमा मुख्य जाँचकी कर्मचारीको स्वः कर असुलीले लक्ष्य नपुगेको भंसारका भुक्तभोगीहरूको आरोप छ।

ती मालवस्तुमा आयातकर्तासँग सुटुक्क जाँचकी मिलिदिने उनीहरूले तर्क गरे। यसरी मिल्दा आयातकर्ताले पनि ५ लाख तिर्ने ठाउँमा ३ लाखमा कुरा मिल्ने भएपछि त्यस्ता कुराबाहिर ल्याउँदैनन्।

अनि राज्यको खातामा चाहिँ त्यसरी आउने रकमबाट पनि आधा जति मात्र जाने हुन्छ उनीहरूले उदाहरणसहित भने।

पर्व परेको महिनामा झन् कर्मचारी आयातकर्ताको फेरमा पर्ने दुई दशक बढी वीरगन्ज भन्सारमा अनुभव सम्‍हालेका एक कर्मचारीले नाम उल्लेख नगर्ने शर्तमा बताए। भन्सारका भुक्तभोगी एजेन्टहरूमध्ये पाका अनुभवीको पनि यो कुरामा विमति छैन।

कमजोरी नभएको भन्सारको दाबी 

वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले चाहिँ त्यस्तो नभएको दाबी गरे। तर, सबै सामान एक-एक गरेर हेर्न नसक्दा चिप्लिएको हुन सक्ने भने उनले संकेत गरे।

कुनै इम्पोटरहरू आएर रुनै खोज्छन् यति पर्दैन हजुर भनी अनि आफूलाई थाहा नभएका केहीमा छोड्नैपर्‍यो। तर, बाहिर किन्दा भने सबै चिज महँगो नै पर्ने उनले तर्क गरे।

सबै कुराको हामी कर्मचारीलाई पनि ज्ञान नहुने प्रमुख भन्सार अधिकृत पौडेलको भनाइ छ। तिहार अगाडि प्रज्ञापनपत्र चाहिँ निकै बढेको तर खुद्रा समान बढी आएकोले राजस्‍व नपुगेको उनले लगत्तै बताए। राजस्‍व दिने बल्क आइटम कमी आउँदा लक्ष्य भेट्ने भरमग्दुर प्रयास गर्दा पनि केही कमी भएको उनले बताए।

भन्सार प्रज्ञापनपत्र संख्या भने ह्वात्तै बढी

वीरगन्ज भन्सारमा भने गतवर्षभन्दा पहिलो चौमासिकमा नै मालबस्तु छुटाउने २२ हजार ३ सय ५७ वटा बढि प्रज्ञापनपत्र मार्फद सामान छुटाइएको छ। यो भन्सारमा गतवर्ष प्रज्ञापनपत्रको लेनको अवस्थामा हरियोमा ७ हजार ६ सय ५४, पहेँलो १७ हजार ६ सय ८५ र रातो (रेड)मार्फत २६ हजार ७ सय ८९ वटा प्रज्ञापनपत्रबाट मालवस्तु छुटाइएको थियो।

तर, यो वर्ष त्यो संख्या बढेर हरियोमा १६ हजार ७ सय २८, पहेँलोमा २० हजार ६ सय ४५ र रेडमा ३७ हजार १ सय १२ वटा प्रज्ञापनपत्रमार्फत आयातित मालवस्तु भन्सार पास गराइएको तथ्यांकले पुष्टि गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.