|

काठमाडौं : रक्षामन्त्री डा. मीनेन्द्र रिजालले साहित्यले समाजको यथार्थ चित्रण गर्ने बताएका छन्।

शुक्रबार ‘१२खरी कथा लेखन प्रतियोगिता–२०७८का विजेता घोषणा तथा पुस्तक विमोचन’ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रिजालले यस्तो बताएका हुन्।

उनले तत्कालीन समयको सामाजिक अवस्था, समृद्धि, राजनीति, ज्ञानविज्ञानका कुराको प्रतिविम्व सम्बन्धित पुस्तकले भन्दा साहित्य र साहित्यका पात्रले साँचो अर्थमा दिने उल्लेख गरे।

उनले समकालीन साहित्यले समाजको समग्र पाटोबारेमा अध्ययन गर्ने बलियो र गहिरो आँखा दिने पनि बताए।

‘अन्तिम अतिथि’  कथाका लागि मनोजादित्य न्यौपानेले प्रथम पुरस्कार‚ ‘बुढो घर’  कथाका लागि स्वप्निल नीरवले दोस्रो पुरस्कार र  ‘मुडुली’ कथाका लागि रेणुका जिसीले तेस्रो पुरस्कार प्राप्त गरे। प्रथम, द्वितीय र तृतीय पुरस्कार पाउने क्रमशः एक लाख, साठी हजार र चालिस हजार रुपैयाँ पाउने छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.