|

काठमाडौं : नेपाली सुनचाँदी बजारमा आज सुनको मूल्य प्रतितोला २०० रूपैयाँ बढेको छ। आइतबार प्रतितोला ९३ हजार ७०० रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य ९३ हजार ९०० रूपैयाँ तोकिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्यअनुसार आइतबार तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ४०० रूपैयाँ कायम भएको छ। आइतबार प्रतितोला ९३ हजार २०० रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै‚ आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १० रूपैयाँ बढेर एक हजार २७० रूपैयाँ पुगेको महासंघले जनाएको छ। चाँदी आइतबार प्रतितोला एक हजार २६० रूपैयाँमा कारोबार भएको थियो।

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावका आधारमा यहाँ दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गर्द्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.