|

दाङ : दाङमा प्रहरीले लागु औषध ब्राउन सुगरसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको बहराइच तहसिल नानपाराका २८ वर्षीय नाइम रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

सोमबार बेलुका ५ बजेतिर भारतीय नागरिक जस्ता देखिने व्यक्तिले लमही-९ अमिलियामा लागु औषधको कारोबार गरिरहेको भन्ने सूचनाका आधारमा जिप्रका दाङबाट गएको प्रहरी टोलीले चेकजाँच गर्दा नाइम पक्राउ परेका थिए।

नाइमको साथबाट ४५ ग्राम ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए।

नाइममाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। प्रहरीका अनुसार लागु औषध नियन्त्रण ऐन २०३३ को परिच्छेद–३ को दफा १४ को खण्ड (छ) को २ मा भएको व्यवस्थाबमोजिम २५ ग्राम देखि १०० ग्रामसम्मको परिमाण भएमा १० वर्ष कैद र ७५ हजारदेखि २ लाखसम्म जरिवाना हुने प्रावधान छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.