|

दाङ : नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत प्युठान अधिवेशनको मतगणना स्थलमा झडप भएको छ। मंगलबार राति मतगणना स्थल स्वर्गद्वारी क्याम्पसमा मतगणना अन्तिम हुन लागेको बेला विवाद हुँदा झडप भएको  लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ।

प्रहरीका अनुसार एक पक्षले हार्ने अवस्था भएपछि ढुंगामुडा तथा तोडफोड गर्न थालेपछि स्थिति नियन्त्रणमा लिनको लागि हवाइ फायर गरिएको हो। झडपका क्रममा एक जना नेपाली प्रहरी र एक जना सशस्त्र प्रहरीसहित सातजना घाइते भएको प्रहरीले जनाएको छ।

प्रहरी जवान गोपाल जिसी र चन्द्रबहादुर गाह घाइते छन्। यस्तैह‚ कांग्रेस कार्यकर्ता कृष्ण बसेल, स्वर्गद्वारी नगरपालिका-२ का २० वर्षीय कमल घर्ती, नौ बहिनी ६ का २६ वर्षीय कुँवर पुन, २३ वर्षीय बिनोद रिजाल र प्युठान नगरपालिका-७ का खेमराज पण्डित झडपमा परी घाइते भएका छन्।

जिल्ला सभापति पदका लागि संस्थापन पक्षधर शिव रिजाल र संस्थापनइतर पक्षधर विष्णुकुमार गिरी निर्वचानमा उत्रिएका थिए। मतगणनाको क्रममा संस्थापनइतर पक्षधर गिरीले अग्रता लिएका थिए। यही क्रममा कसैले टिनमा ढुंगा हानेपछि विवाद चर्किएको थियो। संस्थापन पक्षधर रिजालका ब्यक्तिले ढुंगामुढा सुरु गरेपछि विवाद शुरु भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.