|

सर्लाही : भारतीय नम्बर प्लेट भएके जिपले मोटरसाइकललाई ठक्कर दिँदा दुई युवकको मृत्यु भएको छ।

सर्लाहीको बागमती नगरपालिका–१० पुरानो सोल्टीमा कर्मैयाबाट बरहथवाको हिरापुरतर्फ गइरहेको बिआर ०५ पिए ७१९९ नम्वरको जिपले ज १२ प ९९०७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा रहेका हरिवन नगरपालिका–७, घुर्कौलीका २५ वर्षीय देव मोक्तान र २३ वर्षीय मिलन ब्लोनको मृत्यु भएको हो। दुर्घटना लगत्तै देवलाई नमुना अस्पताल हरिवन पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

यस्तै, मिलन ब्लोनलाई थप उपचारका लागि गण्डक हेल्थ केयर वीरगञ्ज पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ। जिप र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.