|

जाजरकोट : नेपाली कांग्रेस डोल्पाका सभापतिमा दीपेन्द्रबहादुर शाही विजयी भएका छन्। उनी २ सय ३७ मत ल्याएर विजयी भएका हुन्। प्रतिस्पर्धी अंगतकुमार बुढा, गौरीशंकर उपाध्याय र दूधकुमारी हमाललाई हराउँदै उनी विजयी भएका हुन्।

२ सय ४४ मत ल्याई पूर्ण शाही र २ सय १० मत पाएर लवकुमार शाही उपसभापतिमा विजयी भए।

त्यसैगरी सचिवमा २ सय ४० मत ल्याएर हिक्मतबहादुर शाही र २ सय ५० मत ल्याएर दशरथ रोकाय विजयी भए। उनीहरूले प्रतिद्वन्द्वी सुवास कठायत र जनकबहादुर रोकायलाई पराजित गरेका थिए। 

सभापति, उपसभापति र सचिव देउवा प्यानलकै हुन्।

सहसचिवमा लक्ष्मणबहादुर शाही २ सय ३१ र सुरेन्द्रप्रसाद महतले २ सय ६० मत ल्याएर विजयी भएका छन्।

जिल्ला सभापतिमा सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि शाही, बुढा, उपाध्याय र हमाल चुनावी मैदानका उत्रिएका थिए। नवनिर्वाचित सभापति शाही निर्माण व्यवसायी पनि हुन्।

डोल्पा कांग्रेसको राजनीतिक नेतृत्व निर्माण व्यवसायीको हातमा गएको बताइएको छ। शाहीको केही दिन अघिसम्म पनि सभापतिमा लड्ने कुनै संकेत नभए पनि एकाएक सभापतिमा मनोनयन दर्ता गरेपछि नेता कार्यकर्ता चकित परेका थिए।  
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.