|

दैलेख : नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत दैलेख निर्वाचन क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिमा देउवा समूहका भरतप्रसाद रिजाल विजयी भएका छन्।

रामचन्द्र पौडेल पक्षधर मातृका रिजाललाई ४७ मतले पछि पार्दै ३ सय ९९ मत ल्याएर भरत रिजाल विजयी भएका हुन्।

क्षेत्रीय कार्यसमितिको सचिवमा नैनबहादुर शाहीले ४ सय ४ मत र सूर्यबहादुर शाही ३ सय ६५ मत प्राप्त गरी विजयी भए। सहसचिवमा प्रकाशकुमार शाही ३ सय ८४ मत र मदनबहादुर शाही ३ सय ४९ मत पाई विजयी भए।

निर्वाचन क्षेत्र नम्बर १ मा पौडेल समूहले वर्चस्व कायम गरेको छ। प्यानलका २५ पदमध्ये पौडेल समूहले २४ पद हात पारेको छ भने देउवा समूहले १ पद मात्र प्राप्त गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.